५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तस्बिरमा हेर्नुहोस् सिन्धुलीको प्रख्यात धार्मिक स्थल कमलामाई मन्दिर

५ असोज, सिन्धुली । सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलमध्ये कमलामाई मन्दिर पनि एक हो । यो मन्दिर सिन्धुली बजारबाट करिब ८ किमी टाढा रहेको छ । मन्दिर बिपी राजमार्गमै रहेको छ ।

माइस्थान समेत भनेर चिनिने कमलामाई मन्दिर जिल्ला सदरमुकामबाट वहने गौमति खोला र कमला खोलाको सङ्गम स्थलमा अवस्थित रहेको छ भने यस मन्दिरसम्म पुग्नका लागि यातायात साधनको सहज उपलब्धताका साथै ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाको कारण पनि आउने भक्तजनहरूको ठुलो घुइँचो हुने गर्दछ ।

कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । शुद्ध मनले दर्शन गरे मनले चिताएको पुग्ने विश्वासले यस मन्दिमा देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो देखिन्छ  । कमलामाई मन्दिरमा माघ १ गतेदेखि १६ गतेसम्म ठुलो मेला लाग्ने गर्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तिर्थालुहरु आउँने गर्छन् र भाकल गरेका भक्तजनहरूले  यहाँ पाठीवली दिने कार्य व्यापक हुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १०:४५