४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माछापुच्छ्रे बैंकले ल्यायो २४औं वार्षिकोत्सव तथा चाडपर्व लक्षित अफर

४ असो, काठमाडौँ ।  माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आउँदै गरेको महान चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि ३० गतेसम्मको अवधिमा डिजिटल सेवाहरूमा अफरै अफर सञ्चालनमा ल्याएको छ। उक्त अफर अन्तर्गत बैंकले डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको हो ।

बैंक असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ। जस अनुसार ग्राहकहरूले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू मोबाइल बैंकिङ एप (एमबिएल एम–स्मार्ट), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्ने बैंकले जनाएको छ ।

बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्न सक्नेछन् । साथै असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रूपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रूपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, बैंकबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने मर्चेन्टहरूका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरूद्वारा प्रायोजित विविध उपहारहरू उपलब्ध गराएको छ । जस्तै:  फोन, ट्याब, स्मार्टवाच, टिभी, मोबाइल र रिचार्जकार्डलगायतका गिफ्ट भौचरहरू प्रदान गर्नेछन्।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १६:२६