४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

फोनपेले घोषणा गर्‍यो ‘सुपर यात्रा’ अभियान

४ असोज, काठमाडौँ । फोनपेले प्रतिक्षित ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको छ। उक्त अभियान असोज २ गतेदेखि सुरू भएको हो । यही चाडपर्व नजिकिँदै गर्दा यो अभियान हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित रहेको कम्पनीले जनाएको छ ।

उक्त अभियानमा नयाँ प्रयोगकर्ताहरूले हवाई टिकट बुकिङमा ३०० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यधपी,विद्यमान प्रयोगकर्ताहरूले भने २०० रूपैयाँको क्यासब्याकको लाभ लिन सक्नेछन्।

एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १४:४०