४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्लासिक टेकको इन्टरनेट टिभी जडानमा ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक

४ असोज, काठमाडौँ । इन्टरनेट प्लस आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ। उक्त अफरमा ग्राहकहरूले वार्षिक अफरको आधा पेमेन्ट गरेर ६ महिनासम्म इन्टरने प्लस टिभी जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।

उधपी, ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्नेछन् भने १५० एमबिपी यस इन्टरनेट प्लस टिभी २०० एमबिपी यस इन्टरनेट प्लस टिभी र २०० एमबिपी यसमा २ आइपी टिभीसम्मका प्याकेजहरू रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, वाइफाइ ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्ड्री राउटर पनि निस्शुल्क उपलब्ध गराएको  पनि कम्पनीले जनाएकाे छ।

अफर नजिकैको चाडपर्व दशैँ तिहार र छठसम्म रहने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।उक्त अफरका अन्य जानकारी लिनका लागि भने ९८०१००४४७७ मा सम्पर्क गर्न अथवा कम्पनीको वेबसाइट बाट हेर्न सकिनेछ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १४:२६