४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एकैदिन सुन तोलामा १५ सय बढ्यो

४ असोज, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १५ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ११:२३