३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नाम पार्टीको स्वतन्त्र छ मान्छे कोही पनि स्वतन्त्र छैन: महामन्त्री थापा

२ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति रवि लामिछानेको पापको भारी बोक्ने रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले र सांसद शिशिर खनालबिच प्रतिस्पर्धा नै चलेको टिप्पणी गर्नुभएको छ । बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

महामन्त्री थापाले भन्नुभयो-‘हामीसँग सङ्गत गर्दा केही कुरा सिक्नुभएको जस्तो लागेको थियो तर रहेनछ । त्यहाँ त सभापतिको अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा नै चलेको रहेछ । नाम भने पार्टीको स्वतन्त्र छ मान्छे भने कोही स्वतन्त्र छैन । ताली कसले बढी बजाउने भन्ने कुराको व्यापक प्रतिस्पर्धा छ ।’

उहाले सांसद शिशिर खनाललाई छट्टुको संज्ञा दिनुभयो ।

‘नाम नलिई भन्दा मेरो पार्टीको श्रद्धेय सभापतिले किर्ते गर्नुभएकाले किर्तेमा मुद्दा चलाउनु पर्छ‚ सभापतिले ठग्नुभएकाले ठगीमा मुद्दा चलाउनुपर्छ भनेर लेखेर सिच्नेचर गर्नुहुन्छ ।‘अनि छट्टु भन्ने कि नभन्ने रु फेरी बाहिर आएर राम्रोसँग काम गरेर आएँ । तपाईँलाई दोष लागेको देखिएन तपाईँ क्लिन हुनुहुन्छ भनेपछि ताली बज्छ,’उहाँले भन्नुभयो ।

उहाँले थप्पुभयो-‚‘अनि फेरी अर्को मान्छे आएर भन्छ हाम्रो अध्यक्षज्यूले खानु मात्र भएको हो पस्केको त हैन नि अर्काले पस्केको खाएको त हो नि भन्छ एउटाले ताली बजाउँछ । एउटाले भन्छ हाम्रो अध्यक्षज्यूले ६५ करोड खानुभएको हो । तर‚ घुमाएर खानुभएको हो ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १७:४८