३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सिएफ मोटो तथा जिहोले सार्वजनिक गर्‍यो दशैं-तिहार योजना, १८ हजारसम्म क्याशब्याक पाइने

२ असाेज, काठमाडाैँ । विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं-तिहार योजना सार्वजनिक गरेको छ ।

हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित र सबैभन्दा रुचाइएको सिएफ माेटाेकाे ४५० एमटी बाइकको खरिदमा एलएस २ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएकाे छ । ४५० एमटीकाे अग्रिम बुकिङ पनि खुला गरिएको छ ।

यस्तैगरी, सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेकाे खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ । एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको हाे ।

त्यस्तैगरी, एइ ६ प्लस खरिदमा ३१ लिटर आल्माेनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ ।

यो योजना १ असाेजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ । यो योजना अवधिभर ग्राहकले सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्यांकनसहित एक्सचेञ्ज सुविधा पनि पाउने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १७:१८