३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

साहस उर्जाद्धारा लाभांश घोषणा, १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने

२ असोज, काठमाडौँ । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०८०र८१ का लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२१ प्रतिशत नगद लाभांश गरी ८।८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश र हकप्रदको एजेण्डा पारित गर्न कात्तिक ४ गतेका लागि वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ आर्थिक वर्षको साधारण सभा बोलाएको हो ।

साधारण सभाले लाभांश र शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै साधारण सभाले परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने, कम्पनीको १० अर्ब पुग्ने अधिकृत पूँजीलाई प्रतिसेयर रु।१०० का दरले १० करोड थान साधारण सेयरमा विभाजन गर्ने र ७ अर्ब ५६ करोड पुग्ने जारी पूँजीलाई प्रतिसेयर रु।१००का दरले ७ करोड ५६ लाख थान साधारण सेयरमा विभाजन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७र०७८, २०७८र०७९, २०७९र०८० र २०८०र०८१ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र०७८, २०७८र०७९, २०७९र०८० र २०८०र०८१ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण ९वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत० र आर्थिक वर्ष २०८१र०८२ को लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १५:३५