१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मोदीलाई ‘कुकुर’ भन्ने शिक्षक थुनिएको एकमहिनामा ‘कठपुतली’को संज्ञा दिने पत्रकार पनि जेलमा

५ पुस, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गर्नेहरू धमाधम थुनामा पर्न थालेका छन । मोदीलार्इ कुकुरको भनेर भन्ने एक जना शिक्षक थुनिएको एक मिहनामै कठपुतलीको संज्ञा दिने पत्रकार एक वर्षका लागि थुनामा परेका छन । मोदीलार्इ कठपुतलीको संज्ञा दिँदै फेसबुकमा भिडियो पोस्ट गरेका पत्रकारलार्इ थुनिएको हो ।

गएकाे महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजाय अन्तर्गत एक वर्षको जेल सजाय गरिएको हो । यो कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।

३९ वर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ ।

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् ।

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार ०८:५०