३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

भव्य भयो १९७४ एडीको एडिलेड टुर, दर्शकले नाचेरै …………

एडिलेड । १९७४ एडीको एडिलेडको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । `यो मन त मेरो नेपाली हो ´ जस्ता चर्चित गित लिएर फिरोज स्याङ्देन, एड्रिन प्रधान सहितको टिमले माहोल तताएको थियो ।  

`दर्शक यति झुमेर नाचेर छन् कि हलको फ्लोर समेत नै भत्केछ´ क्षतिग्रस्त हललाई मर्मतको लागि भेन्युबाट पत्र आएको आयोजक थ्री केजी इभेन्टमा निर्देशक खुम घलेले बताए ।  थ्री केजी इभेन्ट र यार्सा इभेन्ट आयोजनामा भएको कार्यक्रम उड्भिल टाउन हलमा  साँझ ५. ३० बजेदेखि भएको थियो ।

लेकाली चोयाको डोको रिमिक्स लगायतका गितमा दर्शकहरु झुमेका थिए । दर्शकको माहोलले कार्यक्रम स्थल नेपालमय थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार ०७:२१