२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

अपि पावर कम्पनीद्धारा लाभांश घोषणा

३१ भदौ, काठमाडौँ । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश सँगै कम्पनीले आगामी साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने जनाएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १७:०४