२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सेयर बजारमा भारी अंकको गिरावट, ७ अर्ब ३६ करोडको कारोबार

३१ भदाै, काठमाडाैँ । आज सेयर बजारमा भारी अंकले गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशलमव ०३ अंकले घटेर २,५८० को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ख। नेपाल फाइनान्सको २० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यसैगरी हिमालयन हाइएड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १५:१५