१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्नेः सांसद बस्नेत

३१ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सत्तारूढ दलका सांसदले माओवादीको १० वर्षे ‘जनयुद्ध’को अपमान  गरेको बताउनुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतले माओवादीको दस वर्षे ‘जनयुद्ध’लाई हिंसा भनेर संविधान, विस्तृत शान्ति सम्झौता र क्रान्तिलाई नै अपमान गरेको बताउनुभएको हो ।

सांसद बस्नेतले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ?  भन्दै प्रश्न समेत गर्नुभयो । साथै उहाँले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिमा असहमति र विरोध भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई उक्त बैठकमा विरोध नगरेको बताउनुभयो ।

बस्नेतले माओवादीको जनयुद्ध समस्या नभई समाधान भएको पनि बताउनुभयो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १४:३९