मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना
३१ भदौ, काठमाडौँ । मिस नेपाल २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । उक्त पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु.१ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भन्नुभयो, ‘आउँदै गरेको चाडपर्वमा यस अभियान मार्फत हामी ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ । हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ ।’यो योजना बर्जर सिल्क, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुनेछ ।
घरधनिहरुले उक्त योजनाको बारेमा जानकारी लिन नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।
प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १०:३७