२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नशा, मनोदशा र मनोरोगले राजनीतिक क्षेत्र सिकिस्तः गोकुल बाँस्कोटा

३१ भदाै, काठमाडाैँ । पूर्वमन्त्री समेत रहनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले केही दिनदेखि नेपाली राजनीति नशा, मनोदशा र मनोरोगले सिकिस्त बनेको बताउनुभएको छ । सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उहाँले राजनीतिक क्षेत्र मनोरोगले सिकिस्त बनेको बताउनुभएको हो ।

उहाँले मिसन ०८४ भन्दा भन्दै कतिपय राजनीतिज्ञहरू ०८४ अगावै बहुलान सक्ने सम्भावना समेत देख्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘केही दिन भो,नशा,मनोदशा र मनोरोगले राजनीतिक क्षेत्र सिकिस्तै देखियो । अहिले जनताले गच्छे र पक्षे अनुसार दिएको हैसियत, दायित्व र काम वारे चासो छैन भड्केको प्रेतात्मा जस्तो ०८४ को चुनावी भविष्यवेत्ता बन्या छ,कान टट्याउनेगरी कराको छ । ताल हेर्दा यस्तो लाग्छ -०८४ अगावै बहुलाउन बेर छैन।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०८:४३