२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

५० अंकले घट्याे सेयर बजार, १० अर्ब ३३ करोडको कारोबार

३० भदाै, काठमाडौँ । सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २,६३७ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनकिो ६४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशका दरले कमाएका हुन् । इस्टर्न हाइड्रोपावरका लगानीर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १५:४२