२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नारायण क्याम्पस दैलेखको स्ववियुमा अनेरास्ववियुको क्लिन स्वीप

३० भदाै, काठमाडाैँ । नारायण क्याम्पस दैलेखमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्वविय्को सिगाें प्यानल नै विजयी हुँदै क्लिन स्वीप गरेको छ । शुक्रवार भएको निर्वाचनमा अनेरास्ववियुको विपक्षीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, विप्लव निकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।

शनिवार दिउँसो सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमवहादुर बस्नेत सभापतिमा विजयी हुनुभयो । उहाँ ९ मतको अन्तरमा सभापति निर्वाचित हुनुभयो । बस्नेतले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिबद्धन्द्धी गठबन्धनबाट नेविसंघका उम्मेदवार बिष्णु प्रसाद कोइरालाले १५७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसनिकट अनेरास्ववियूका टेकराज बुढाले १२७ मत प्राप्त गर्नुभयो । स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी हुनुभयो भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत प्राप्त गर्नुभयो । सदस्यहरु पनि अनेरास्ववियुबाटै पुष्पकमल अधिकारी र पुर्णिमा रानामगर विजयी हुनुभएको छ ।

यसै बीच स्ववियु निर्वाचनको फिल्ड कमाण्ड सम्हाल्न दैलेख पुग्नुभएका अखिल केन्द्रिय सचिव संजिव धितालले दैनिकीसँग भन्नुभयो “अग्रमागी नेपाली विद्यार्थीहरुले गठबन्धनलाई धुलो चटाइदिएका छन् । युवा विद्यार्थीहरुले गठबन्धन सस्ंकृतिलाई नरुचाउनु अनि अनेरास्ववियु र नेकपा एमाले नै देशको प्रमुख शक्ति हो भन्ने पुष्टि गरेका छन् ।”

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १०:५४