२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नयाँ राजनीतिक दलप्रति प्रधानमन्त्री ओली- ‘खान जन्मिएका खन्चुवाहरू’

२९ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दल खान जन्मिएका पार्टी भएको बताउनुभएको छ ।

आज काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यत्ति राख्दै अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ राजनितिक दलले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो–‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो ? हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती खन्चुवाहरूले खाए होला नि । खान जन्मिएका खन्चुवाहरू । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त ? त्यसकारण हामी होसियार हुनुपर्दछ ।’

उहाँले बहुदलीय जनवाद कहिल्यै पुरानो नरहने पनि बताउनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार १३:१३