२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

प्रधानमन्त्री ओलीबाट पाँचतारे होटल लेमन ट्रिको उद्घाटन

 २९ भदौ, काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको शनिबार  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शय्यायुक्त होटलको शनिबार प्रधानमन्त्री ओलीले आयोजित कार्यक्रम मार्फत उद्घाटन गर्नुभएको हो ।

उक्त होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा पुर्याउने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल तथा वातावरण रहेको र सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार १२:५१