२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सुमित्रा देवी लक्ष्मण राम १ किलो २ सय ६० ग्राम सुन जस्तो पदर्थसहित पक्राउ

२८ भदौ, काठमाडौँ । भारतीय नागरिक सुमित्रा देवी लक्ष्मण राम १ किलो २ सय ६० ग्राम सुन जस्तो पदर्थसहित पक्राउ परेकी छिन । शुक्रबार सशस्त्र प्रहरीसहितको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले ब्यागेज पुनः चेकजाँच गर्दा १ किलो २ सय ६० ग्राम सुन जस्तो पदर्थसहित ३७ वर्षीय भारतीय महिला सुमित्रा देवी लक्ष्मण राम पक्राउ परेकी हुन ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत गौशलामा बुझाइएको जानकारी दिनुभएको छ । शुक्रबार दिउँसो अन्दाजी १ बजेर ४० मिनेटको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार इलाकामा ती महिंलाको ब्यागेजमा शंका लागेपछि पुनः चेकजाँच गरिएको थियो । थाइ एयर मार्फत बैंककबाट काठमाडौँ आएकी ती महिनाको साथबाट अर्ध तरल अबस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अबस्थामा सुन जस्तो पदार्थ भेट्टिएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १९:५१