२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

बालिका बलात्कारको मुद्दामा थुनामा रहेका प्रहरी अधिकृत तीन लाख धराैटीमा छुटे

२८ भदौ, काठमाडौँ । बालिका बलात्कारको मुद्दामा थुनामा रहेका प्रहरी अधिकृत तीन लाख धरौटीमा छुटेका छन । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका निरीक्षक विदुर शिवाकोटी उच्च अदालत पाटनको आदेशले धरौटीमा रिहा भएका हुन ।

तीन महिनादेखि प्रहरी हिरासत र थुनामा रहँदै आएका शिवाकोटी उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको आदेशले तीन लाख रूपैयाँ बुझाएर थुनामुक्त भएका छन । शिवाकोटीलाई यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १९ असारमा पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो ।

उच्च अदालतले बालिकाको जन्म मिति फरक परेको र आरोपित प्रहरीले आफूमाथि लागेको आरोप अस्वीकार गरेको लगायतको कारण देखाएर धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदातलले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा समेत बलात्कार स्थापति नभएको जनाएको छ । पीडित भनिएकी बालिका प्रहरी अधिकृतकै घरमा बस्दै आएकी थिइन ।

 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १९:३०