२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले दिए राजीनामा

२८ भदौ, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिनुभएको छ । डा लोहनीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयमा शुक्रबार राजीनामा बुझाउनुभएको छ । नेकपा माओवादी केन्द्रको कोटामा बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको डा लोहनी बोर्डको संस्थापक कार्यकारी प्रमुख समेत हुनुहुन्थ्यो ।

राजीनामासँगै डा लोहनीले बीमालाई सोचेजस्तो हिसाबले अगाडी बढाउन नसक्दा बाटो खाली गरिदिएको बताउनुभएको छ । उहाँले स्वास्थ्य बीमामा सुधारको प्रयत्न गर्नुभएको थियो । उहाँले राजीनामाको खास कारण नबताए पनि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार भएकाले सत्तारूढ पार्टी निकाटका व्यक्तिलाई बोर्डमा नियुक्तिका लागि लोहनीलाई राजीनामाका लागि वातावरण तयार गरिएको बुझिएको छ ।

स्वास्थ्य बीमा प्रभावकारी हुन नसेकको र अस्पतालहरूले बीमाको कार्ड बोक्ने बिरामीमाथि दोस्रो दर्जाको व्यवहार गर्ने गरेको गुनासो आम रूपमा सुनिइरहेको छ । यद्यपी त्यतातर्फ बोर्डले केही सोचेको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १८:५५