३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

ओरियण्टल होटल्सद्धारा लाभांश घोषणा

२८ भदाै, काठमाडाैँ । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिकाे बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) बितरण गर्ने निर्णय गरेको हाे ।

यस्तै बैठकले असोज २० गते २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । साधारण सभामा लाभांशको प्रस्ताव र सोहि अनुसार चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १२:१७