२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

२८ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठक कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमका अवस्थाबारे तथा संसद्को कामकारबाही प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्थाबारे पनि धारणा बनाउन  माओवादी आन्तरिक छलफलमा जुट्न लागेको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ११:३९