२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

त्रिशुली अस्पतालका चिकित्सकले आमाको पेटभित्रै सालले घाँटी बेरिएको शिशु पनि बचाए

२७ भदौ, नुवाकोट । नुवाकोट जिल्ला अस्पताल त्रिशुली अस्पतालमा निकै कठिन मानिने काम शव्यक्रिया मार्फत सफल उपचार भएको छ । बिहीबार त्रिशुली अस्पतालमा एक महिलाको पेटभित्र सालले घाँटी बेरिएर रहेको शिशु शल्यक्रिया मार्फत झिकिएको छ । शल्यक्रिया सफल भएको र आमा र बच्चा दुबै स्वास्थ्यलाभ गरिरहेको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र लामाले जानकारी दिनुभयो ।

डा लामाको अुनसार अनुसार गाईनेकोलोजिस्टद्वय डा अनिल कुमार खरेल र डा दिपिका श्रेष्ठ तथा एनेस्थेसियालोजिस्ट डा पार्वती गौतम र अपरेशन थिएटर इन्चार्ज चारु थापा मगर सहितको टिमले सफल शल्यक्रिया गरेर आमा र बच्चा दुबैलाई बचाउन सफल भएको बताउनुभयो ।

dainiki.com

नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ४ की महिलाको गर्भबाट शिशुको घाँटीमा तीन फन्को साल बेरिएको, उल्टो बसेको र निशासिएको अवस्थामा इमर्जेन्सी शल्यक्रिया गरी आमा र बच्चा दुवैलाई सफलतापूर्वक बचाउन सफल भएको लामाले बताउनुभयो । लामाले ४१ वर्षीय ती महिलाको दोस्रो गर्भ रहेको पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १९:५७