३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सीटीईभीटीको घुसखोरीबारे शिक्षामन्त्रीको चासो, उजुरीका लागि अपिल

२७ भदौ, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीमा हुने घुसखोरीका बारेमा गुनासो आइरहेको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत सीटीईभीटीमा घुसको कारोबार भैरहेको भन्ने गुनासहरू प्राप्त भएको उहाँले जानकारी गराउनुभएको छ ।

मन्त्री भट्टराईले बिहीबार सामाजिक सञ्जाल मार्फत सम्बन्धन, परिक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र लेनदेन समेत गर्ने गरेको गुनासो प्राप्त भएको स्वीकार पनि गर्नुभएको छ ।

मन्त्री भट्टराई सीटीईभीटीका कर्मचारी वा पदाधिकारीले घुस मागेको अब मन्त्रालयको इमेल र फोनमा सम्पर्क गरेर जानकारी दिन अनुरोध गर्नुभएको छ । उहाँले गुनासोका लागि इमेल  [email protected] वा मोबाइल नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८ मा सम्पर्क गर्न अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १९:१२