२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

चर्चित कथाबाचक साईग्रेस पोखरेल एडिलेड आउदै

एडिलेड । युवा पुस्ता विच चर्चित `स्टोरी टेलर´ अर्थात `कथाबाचक´ साईग्रेस पोखरेल आफ्नो अष्ट्रेलिया यात्राको क्रममा सेप्टेम्वर २० शुक्रवार एडिलेडमा आफ्नो प्रस्तुति लिएर आउने भएका छन् ।

मानिसका जिवनका भोगाईहरुलाई मिठो शैलीमा दर्शक श्रोता माझ पस्कदै आएका पोखरेलले दर्शक श्रोतालाई लठ्याउने उनका प्रशंकहरुको अनुभव रहेको छ ।

काठमाडौमा हुर्केर युरोपलाई कर्म थलो बनाएका पोखरेलका युट्युवमा सात लाख भन्दा बढि फ्लोअर रहेका छन् । स्वास्थ्य मन्त्रालयका पुर्व कर्मचारी उनी २०१५ मा डेनमार्कमा मिडिया म्यानेजमेन्ट पढन गएका थिए । उनको कथाहरुमा अधुरो प्रेम निकै श्रोताहरुको रोजाईको कथा हो ।

कथा र प्रस्तुतिहरुमा समाज प्रति उत्तरदायी हुनुपर्छ भन्ने सकारात्मक सोचका धनी पोखरेल प्रवासमा रहेका युवाहरुको ढुकढुकी भएकाले आफुहरुले कार्यक्रम आयोजना गरेको सारङ्गी ईभेन्ट एडिलेडका निर्देशक हेम श्रेष्ठले बताए । एभरेष्ट रेष्टुरेन्ट तथा इभेन्ट सेन्टरमा हुने कार्यक्रमको प्रवेश नि शुल्क रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ०४:१४