नेपाल प्रहरीका तीन डीआईजीको सरुवा
२६ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका तीन डीआईजीको सरुवा भएकाे छ । बुधबार मन्त्री स्तरीय निर्णयबाट यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएकाे छ ।
मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ। यस्तै, मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई पठाइएको छ । शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १९:२०