१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरेँ: सभापति लामिछाने

२६ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा राना मगरको विषयमा आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर  छलफल गरेको जानकारी दिनुभएको छ ।

आज बसेको उक्त बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्रीलाई भेटेर गलत बाटो नरोज्न अनुरोध गरेको जानकारी दिनुभयो ।

‘प्रमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो‚’ सभापति लामीछानेले भन्नुभयो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १४:०४