दुर्घटनामा परिन् अभिनेत्री रश्मिका मन्दना
२६ भदाै, काठमाडाैँ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना दुर्घटनामा परेकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दुर्घटनापछि उनी घरमा आराम गरिरहेकी छन्।
रश्मिकाले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएकी छन्। उनले लेखेकी छन्, ‘नमस्ते, तपाइहरू सबैलाई कस्तो छर ? मलाई थाहा छ म यहाँ आएको लामो समय भयो। लामो समयदेखि सक्रिय नहुनुको कारण मेरो दुर्घटना हो। मेरो रिकभरी भइरहेको थियो र डाक्टरको सल्लाहमा म घरमै आराम गरिरहेकी थिएँ।’
उनले अगाडि लेखेकी छन्, ‘अहिले म ठिक छु र सचेत रहन आफ्नो गतिविधिमा निकै सक्रिय हुने चरणमा छु। आफ्नो ख्याल राखेर सधैं आफ्नो प्राथमिकता बनाउनुहोस्। किनकी जीवन धेरै नाजुक र छोटो छ र हामीलाई थाहा छैन कि हामी भोलि त्यहाँ छौं कि छैनौं त्यसैले हरेक दिन खुशी रोज्नुहोस्। अर्को अपडेट यो छ कि म धेरै लड्डु खाइरहेको छु।’
रश्मिका यतिबेला ‘पुष्पा २’ को छायांकनमा व्यस्त छिन्।
प्रकाशित मिति : 12:47









