४ हाइड्रोपावर कम्पनीद्धारा लाभांश घोषणा, यस्ताे छ बोनस र नगद
२६ भदाै, काठमाडौँ । ४ हाइड्रोपावर कम्पनीले लाभांश घेषणा गरेका छन् । भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर र अपि पावर कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भने १४.७४६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र बाँकी १०.७३६८ प्रतिशत नगद लाभांश रहेको कम्पनीले जनाएको छ ।
यस्तै माण्डु हाइड्रोपावरले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ बराबरकाे १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।
यसैगरी अपि पावर कम्पनीले ९.४७३७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै सुपरमाई हाईड्रोपावरले १२.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १२:३४