१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाली राजनीतिमा एमालेको विकल्प छैनः महासचिव पोखरेल

२५ भदौ, काठमाडौँ । करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा एमाले बाहेक अन्य दलहरुको विकल्प नभएको भन्दै एमालेले युवाहरुको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने बताए ।

करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा करिव ३ सय युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए । त्यसैगरी केन्द्रिय कमिटी सदस्य तथा इन्चार्ज रमेश पौडेल स्वागत गर्दै सम्बोधन गरेका थिए भने, बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, उपत्यका विशेष प्रदेश इन्चार्ज सुजिता शाक्य लगायतले नबप्रबेसीलाई स्वागत गरेका थिए ।

त्यस्तै नवप्रवेशीलाई स्वागत गर्दै उचित व्यवस्थापन गरिने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेलले बताए । “राष्ट्रिय पूँजीको निर्माण गर्ने र नेपालभित्रै ब्यापक रोजगारी सिर्जना गरी देशभित्रै युवा रहन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।‘राजनीतिमा व्यक्ति नायक होइन प्रणाली बलियो हुनुपर्छ , प्रणाली बलियो भयो भने मात्र सरकार स्थिर र देशमा विकास हुन्छ । अहिले समाजमा देखिएका अराजक गतिविधिले देशलाई राम्रो गर्दैन । अराजकताले देशलाई राम्रो गर्दैन त्यसैले देश विकासका लागि राजनैतिक पार्टी बलियो हुनुपर्छ । ’ उनले भने ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १९:५६