विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)
२५ भदौ, काठमाडौँ । क्यानडामा हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको आज बिदाइ गरिएको छ।
आज बिहान नेपाल क्रिकेट संघ (क्यान) कार्यक्रम गरी रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो।
लिग-२ खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, अनिल साह, भीम सार्की, करण केसी, गुल्सन झा, रिजन ढकाल, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन्।
क्यानडामा भदौ ३१ गतेदेखि सुरू हुने सिरिज असोज १० गते सकिनेछ र क्यानडामै असोज १२ बाट टी-२० सिरिज सुरु पनि हुनेछ।
उक्त सिरिजमा भने नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग खेल्ने भएको छ ।
त्यसैगरी, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ। त्यसपछि लिग २ खेल्न नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ।
प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १२:२४