परिपत्रले प्रहरीभित्र तरङ्ग, महानिरीक्षकमाथि प्रश्नै प्रश्न
२५ भदौ, काठमाडौँ । प्रहरी कर्मचारीको राजनीतिक नेतृत्वसँग भेटघाटबारे प्रहरी प्रधान कार्यालयको परिपत्रले संगठनभित्र तरंग पैदा गरेको छ । प्रधान कार्यालयको परिपत्रको पूर्व गृहसचिवदेखि पूर्व प्रहरी अधिकृतहरूले समेत खुलेर बिरोध गरेका छन । यसैबीच एक पूर्व डिएसपीले महानिरीक्षक बसन्तबहादुर कुँवर माथि अन्य प्रश्न उठाउँदै परिपत्र निमुखाका लागि ल्याइएको दाबी गर्नुभएको छ ।
सोमबार राति सामाजिक सञ्जल मार्फत पन्थीले राजनीतिक नेतृत्वसँग भेटघाट गर्न नपाएको भए तपाइ आफैँ कसरी प्रहरी महानिरीक्षक बन्न सक्नुहुन्थ्यो भन्दै योग्यता र क्षमता माथि नै प्रश्न उठाउनु भएको छ । उहाँले महानिरीक्षकको बारेमा अनेक प्रश्नहरू गर्दै परिपत्रले निमुखा प्रहरी अधिकृतहरूमा त्रास मात्र थपेको बताउनुभएको छ ।
उहाँले प्रहरीभित्रको समस्याको समाधान राजनीतिक नेताहरूसँगको भेटघाटमा प्रतिबन्ध लगाउनुमात्र नरहेको पनि बताउनुभएको छ । प्रहरी ऐन र नियमले दिएको अधिकार कार्यान्वयन गर्न नसक्ने तर काम गर्नेहरूको मनोबल गिराउने गरी त्रासमात्र फैलाउने प्रयास भएको उहाँको दाबी छ ।
उहाँले प्रहरी महानिरीक्षक माथि प्रश्न गर्दै भन्नुभएको छ, ‘ के तपाईंको बेलामा पनि यस्तै परिपत्र तत्कालीन प्रहरी महानिरीक्षक ले जारी गरेको भए तपाईं यो संगठन को नेतृत्वमा पुग्न सक्नुहुन्थ्यो त रु’
यस्तो छ डिएसपी पन्थीको विचार
प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १०:०१