१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

मेलम्ची खानेपानीमा भ्रष्टाचारः गजेन्द्र ठाकुरसहित चार जना दोषी हठर

२४ भदौ, काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तत्कालीन सचिव गजेन्द्र ठाकुर ।

अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्याय, तत्कालनी बोर्ड सदस्य रूद्रसिंह तामाङसहित १० जनालाई सफाइ दिएको छ ।

अध्यागमन सुधारमा लागिरहेकै समयमा भ्रष्टाचार मुद्दा लागेका रूद्रसिंह तामाङले पाए सफाइ

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार २३:४०