१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

अध्यागमन सुधारमा लागिरहेकै समयमा भ्रष्टाचार मुद्दा लागेका रूद्रसिंह तामाङले पाए सफाइ

२४ भदौ, काठमाडौँ । गत वर्षको ६ फागुनमा अध्यागमन सुधारको काम गरिरहेकै समयमा भ्रष्टाचार मुद्दा लागेका अध्यागमन विभागका तत्कालीन महानिर्देशक सहसचिव रूद्रसिंह तामाङले सफाइ पाउनु भएको छ । सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको मुद्दामा अन्तिम सुनुवाइ गर्दै विशेष अदालले तामाङलाई सफाइ दिएको हो ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजालशले सोमबार तामाङ माथि लगाएको अख्तिायारको आरोपबाट दाबी नपुग्ने फैसला गरेको छ । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्चीमा भ्रष्टाचा गरेको भन्दै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेका तामाङसहित १५ जना विरूद्ध भ्रष्टाचर मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले तामाङसँग ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ ८८ पैसा बिगो मागदाबी गरेको थियो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ ९१० ३ ९१० ९झ० बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल गर्न माग गरेकोमा विशेष अदालतले उक्त माग अस्वीकार गर्दै सफाइ दिएको छ ।

विशेष अदालतले सोमबार फैसला गर्दै सफाइ दिएको व्यहोरा ।

अध्यागमन सुधारका लागि काम गरिरहेको समयमा तामाङको विरूद्धमा दायर भएको भ्रष्टाचार मुद्दामा त्यस समयमै कतिपयले पूर्वाग्रहको संशय व्यक्त गरेका थिए  । तामाङले विभागको महानिर्देशक भएपछि विभागलाइ पूर्णरूपमा अटोमेशनमा लैजानु भएको थियो । गौँडा गौँडामा सेवाग्राही उभ्याएर घुस खानका लागि बनाएका संरचना ध्वस्त बनाउन काम गरिरहेकै समयमा तामाङ माथि मुद्दा लागेको थियो ।

 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार २३:३४