३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टी संगठनको लडाइँले विद्यार्थीले पढ्न पाएनन्: सांसद श्रेष्ठ

२४ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको ११ दिन भएको र एक हजार ४ सय विद्यार्थी समस्यामा परेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले नेपाल कृषि प्रधान देश भएको र अबका दिनमा यान्त्रीकरणमा जाने भनिरहँदा विश्वविद्यालयमा परीक्षा तथा पठन पाठन ठप्प भएको बताउनुभयो ।

‘यो विश्वविद्यालयमा पठन पाठनकाे क्षत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थाल्याे । एउटा प्रमको पार्टी र अर्को एउटा गृहमन्त्रीको यी दुईमा विद्यार्थी सङ्गठनको लडाइमा हुन्छन्,पढ्छु भन्ने विद्यार्थीले पनि लडाइका कारण पढ्न पाएनन्‚’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १५:२३