१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

डिजिटल पेमेन्टमा भ्याट लगाउने बारे विष्णु रिमालले मागे सुझाव

२४ भाद्र, काठमाडौँ । प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमालले डिजिटल पेमेन्टमा भ्याट लगाउने सरकारको निर्णयका बारेमा सुझाव माग्नु भएको छ । सोमबार सामाजिक सञ्जाल मार्फत भ्याटका सन्दर्भमा गुनासहरू धेरै आएको भन्दै ५ हजार भन्दा तलको कारोबारमा भ्याट नलगाउनु राम्रो हुने प्रस्ताव समेत गर्नुभएको छ ।

dainiki.com

उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्रीको मुख्य सल्लाहकारको रुपमा काम गर्न थालेको आज ५४ दिन भयो। यस बीचमा धेरै युवाहरुका कुरा सुन्ने अवसर मिल्यो। धेरैको गुनासो छ – अहिले सबैजसो ठाउँमा डिजिटल पेमेन्ट सिस्टम छ । १० रुपैयाँको बिस्कुट किनेर डिजिटल पेमेन्ट गर्दा बैंकहरुले १० रुपैयाँ चार्ज लगाउँछ, त्यसमा १३ प्रतिशत भ्याट जोडेर ११ रुपैयाँ ३० पैसा काटिन्छ। चिया खाएको, साग किनेको जस्ता साना कारोबारमा पनि ११ रुपैयाँ ३० पैसा काटिन्छ । १० रुपैयाँ तिर्दा २१ रुपैयाँ काटिने यस्तो त हुँदै भएन । मलाई यो गुनासो जायज लाग्यो । ५ हजार भन्दा थोरै कारोबारमा यस्तो शुल्क नलगाउनु राम्रो हुन्छ कि ? सबैको सुझाव चाहन्छु ।’

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १९:३६