१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

पाँचथरमा दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको जिम्मा कसले लिन्छः मुख्य सचेतक बर्तौला

२४ भदौ, काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोटमा ज्यान गएको बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा  प्रमुख सचेतक बर्तौलाले दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको घटनाबारे सरकारले संसदलाई जानकारी गराउन माग गर्नुभएको हो ।

सचेतक वार्तौलाले भन्नुभयो-‘पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोटमा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ ।

उहाँले सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको र यस घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १४:२०