२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

लगानीकर्तालाई संयमित हुन धितोपत्र बोर्डको आग्रह

३ पुस, काठमाडौँ । लगानीकर्ताहरुले कारोबार रोक्न दिएको चेतावनीपछि नेपाल धितोपत्र बोर्डले समस्या समाधानको पहल भइरहेको भन्दै संयमित हुन आग्रह गरेको छ । बोर्डले मंगलबार विज्ञप्ति प्रकासित गरी बोर्डको प्रतिनिधि सहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारबाट उच्च स्तरीय समिति गठन भई उक्त समितिले चाडै नै प्रतिवेदन बुझाउने क्रममा रहेको जनाएको छ।

‘उक्त समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको परिप्रेक्ष्यमा दोस्रो बजार कारोवार सुसंचालनमा संयमताको लागि अनुरोध गर्दै बजारलाई स्वच्छ र पारदर्शीरुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको लागि बोर्ड अनुरोध गर्दछ।’ धितोपत्र बोर्डले उल्लेख गरेको छ।

केही दिन यता लगानीकर्ताहरु सरकारविरुद्ध विभिन्न माग राखी आन्दोलित हुँदै आएका छन्।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १६:३०