७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे

२३ भदौ, काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताउनुभएको छ । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार भएको एक आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताउनुभयो ।

उहाँले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बता र उड्ययन क्षेत्रको अवस्थाबारे जानकारी लिइसकेको बताउँदै पुनःसंरचना (रिफर्म) को सुरूआत कहाँबाट गर्नुपर्छ भन्ने पनि बुझिसकेको बताउनुभयो

मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख गर्नुभयो । उहाँले ध्वनि जबसम्म लिपीका रूपमा आउँदैन तबसम्म लोप हुन सक्ने धारणा राख्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “भाषाको प्रवर्द्धन महत्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषा कामकाज तथा सम्पर्क स्थापित गर्ने अवसर पाउनुपर्छ ।”

उहाँले आफूले जिम्मेवारीमा आएपछि हालसम्म मन्त्रालयको बारेमा बुझिसकेको र अब सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालय मातहतको संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुधारेर यसप्रतिको विश्वास अभिवृद्धिमा सक्रिय हुने उहाँको भनाइ थियो । मन्त्री पाण्डेले आफूले सत्य र निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्नुहुँदै मन्त्रालयमा भएका बेथितिलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १७:५४