१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ : अर्थमन्त्री पौडेल

२३ भदौ, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा अन्तर्गत भएको अर्थ समितिको बैठकमा उहाँले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा चेक अनादर निरुत्साहित गर्ने र कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रबन्ध रियलस्टिक हुनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बैङ्किङ कसुरमा सजाय गल्ती र कमजोरी हेरेर व्यवस्था गर्नुपर्ने  पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो-‘दण्ड गल्तीको प्रकृति हेरेर हुनुपर्छ । दण्डमा सजाएको प्रवृत्ति निराधार हुनुपर्छ र यी दुई कुरामा हेक्का राख्नुपर्छ ।’

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १५:२९