३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

टाईम फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने, बोलायो साधारणसभा

२३ भदाै, काठमाडौँ । टाईम फर्मास्युटिकल्सले आगामी वार्षिक साधारणसभा गर्ने भएकोछ । साधारणसभा असोज १२ गते चितवनमा हुने जनाइएको छ ।

साधारणसभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित आर्थिक वर्ष २०८०/ ८१ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन,वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण तथा सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, आइपीओ निष्काशनका लागि धितोत्रप बिक्री प्रबन्धक चयन तथा कम्नपीको प्रबन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १०:०३