४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

न्याय माग्न गएका युवामाथि गाउँपालिकाका अध्यक्षद्धारा निर्घात कुटपिट

५ चैत, साप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले न्याय माग्न गएका एक युवालाई निर्घात कुटपिट गरेका छन । २२ वर्षीय अनिलकुमार साहले गाउँपालिकाका अध्यक्षबाट न्यायको साटो कुटाइ भेटेका हुन ।

न्यायका लागि हारगुहार गर्दै घरमै पुगेका साहलाई अध्यक्ष यादव र उनको परिवारका अन्य सदस्यले मिलेर निर्घात कुटपिट गरेका हुन । कुटपिटबाट घाइते साहको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटबाट साहको कुटपिटबाट छाती, कम्मर, पिठ्यूँ र पेटमा चोट लागेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १५:१३