३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ग्रिनलाइफ हाईड्रोको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२३ भदाै, काठमाडाैँ । ग्रिनलाइफ हाईड्रोपावर लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीकाे १० लाख कित्ता आजदेखि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीले आफनो नामको सेयर बिक्री गर्न स्वीकृती माग गरेकोमा कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको थियो ।

संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीमा सम्पर्क गरी आफुले खरिद गर्न चाहेको सेयरका बारेमा जानकारी दिनुपर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार ०९:११