१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

श्रीदेवीको अन्तिम इच्छा पूरा गर्दै बोनी कपूर

३ पुस, एजेन्सी । आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने भएका छन् बलिउड फिल्म प्रोड्युसर बोनी कपूरले । बोनीले तामिल फिल्म बनाएर तामिल फिल्ममा काम गर्ने श्रीदेवीको सपना पूरा गरिदिन लागेका हुन् ।

श्रीदेवीले अन्तिम फिल्म गर्दै गर्दा तामिल फिल्मका अभिनेता अजीत कुमारसँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनी तामिल फिल्म बनाउन चाहान्थिन् । उनको अधूरो रहरका लागि बोनीले फिल्म ‘पिंक’लाई रिमेक बनाउन लागेका हुन् ।

एक भारतीय रिपोर्टको अनुसार फिल्मको नाम ‘थाला ५९’ हुनेछ । जुन २०१९ मा रिलीज हुनेछ । फिल्ममा एआर रहमानको संगीत हुनेछ । फिल्म पिंक २०१६ मा रिलीज भएको थियो जसमा मुख्य भूमिकामा अमिताभ बच्चन र तापसी पन्नू देखिएका थिए ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १४:०१