३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्याे

२० भदाै, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बि सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार पनि बजार १२.१० अंकले घटेको छ । उत्तः दिन बजार परिसूचक पनि २ हजार ७२७.३६ अंकको बिन्दु पुगेर बन्द भएको छ। बिहीबार माइक्राफाइनान्स ८६.४१ अंक र व्यापार समूह ६.३७ अंकले वृद्धि भएको छ।

यी बाहेकका सबै समूहरु राताम्य बनेका छन् । कारोबार रकम पनि खुम्चिएको छ। बुधवार १३ अर्ब बढीको सेयर किनबेच भएको थियो । तर, आज भने ९ अर्ब ६५ करोड १५ लाख बढीको सेयर किनेबच भएको छ । आन २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर किनेबच भएको छ। आज कम्पनीको ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख, गुडविल फाइनान्सको २९ करोड ९६ लाख, हिमालयन रिइन्स्योरेन्सको २९ करोड ४ लाख र अपि पावरको २२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १५:४३