३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सुदूरपश्चिमको पर्यटन विकासमा सरकार गम्भीर छ: मन्त्री पाण्डे

२० भदौ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताउनुभएको छ ।

बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँग छलफल गर्ने क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनुभयो ।

वाहाँले भन्नुभयो- ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन भएपनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकाङ्कका दृष्टिकोणले समेत पछाडि परेको छ । यस क्षेत्रको विकासका लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ ।’

संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउन तथा नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने समेत पाण्डेले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १३:३५