कार्यक्षेत्रमा नजाने कर्मचारीको यसरी हुँदै छ जागिर चट
५ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीको जागिर चट गरिदिने बताएका छन ।
कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिँदै पण्डितले तोकिएको क्षेत्रमा गएर काम नगर्नेलाई बर्खास्त गर्ने बताए ।
मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधाहरु समेत खोस्न बताएका छन । निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने बताए ।
प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १४:४२