३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने

१९ भदाै, काठमाडौँ । पूर्वाञ्चल ल्युव आयलले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैंठकले कम्पनीको दोस्रो वार्षिक साधारणसभा असोज ९ गते बुधबार एअरपोर्ट होटल सिनामंगलमा बिहान १० बजे बोलाएको हो ।

सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने भएको हो । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव र आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । सभाले प्रवन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोदन एव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १२:११